Browsing by Author "चालिसे Chalise, कृष्णप्रसाद Krishnaprasad"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access लुप्तप्रायः भाषाको अभिलेखीकरण समस्या र समाधान Luptapray: bhashako abhilekhikaran samasya ra samadhan(University of North Bengal, 2019-12) चालिसे Chalise, कृष्णप्रसाद Krishnaprasadवर्तमान विश्वमा अल्पसङ्ख्यक भाषाको लोप हुने क्रम अति तीव्र छ र यस क्रमले निरन्तरता पाएमा अर्को शताब्दीका सुरुसम्म प्रायः सबै अल्पसङ्ख्यक भाषाहरू लोप भइसक्ने छन् भन्ने अनुमान छ। ऐतिहासिक बिरासत, ज्ञानका भण्डार र पहिचानको संवाहकका रूपमा भाषाहरू महत्त्वपूर्ण छन् र तिनीहरूको संरक्षण हुनु अति नै आवश्यक छ। भाषिक अभिलेखीकरण भाषिक सबलीकरणका लागि पहिलो कदम हो जसले भाषाको अध्ययन र सबलीकरणका लागि आधार तयार गर्दछ। लुप्तप्रायः भाषाको अभिलेखीकरण तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण हुन्छ किनभने यस्ता भाषाहरूमा वक्ताहरूको सङ्ख्या निकै कम हुन्छ र उनीहरूमध्ये धेरैमा भाषिक क्षमताको हास भएको हुन्छ। त्यसै गरी भाषाका मौलिक शब्द र संरचनाहरू पनि लोप भइसकेका हुन सक्छन्। भाषाको प्रयोग निकै कम भाषा प्रयोगका क्षेत्रमा हुने भएकाले प्राकृतिक रूपमा विविधतायुक्त र सन्तुलित पाठसङ्ग्रहको निर्माण गर्न सकिँदैन। यसका लागि विभिन्न कृत्रिम उपायहरू अवलम्बन गर्नु पर्न हुन्छ। यसले गर्दा अनुसन्धानकर्तामा बढी सैद्धान्तिक र प्राविधिक ज्ञानको आवश्यकता हुन्छ। यसबाहेक आर्थिक, सामाजिक र भौतिक पक्षहरूको पनि भाषिक अभिलेखीकरणमा महत्त्वपूर्ण भूमिका रहन्छ।