Browsing by Subject "आदि Adi"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access 'फेरि इतिहास दोहोरिन्छ' नाटकको समाज राजनैतिक अध्ययन 'Feri itihas dohorinch' natakko samaj rajnaitik adhyayan(University of North Bengal, 2019) खाती Khati, योगेश Yogeshनाटक समाजको एउटा महत्त्वपूर्ण सांस्कृतिक प्रस्तुति हो। अन्तर्विषयक अध्ययनभित्र समाजले भोग्ने सामाजिक, राजनैतिक, सांस्कृतिक परिवर्तनहरूलाई साहित्यका नाटक विधामा देखाउन सम्भव रहन्छ। नाटकको अध्ययनले समाजको इतिहास पुनर्निर्माण, समाज र चिनारीको अध्ययन र मूल्याङ्कन गर्न सहायता पनि गर्दछ। भारतीय नेपाली साहित्यको प्रसङ्ग आउँदा मूल रूपमा सिङ्गो दार्जिलिङ, असम अनि सिक्किम बुझिन्छ। यद्यपि यी प्रमुख स्थानबाहेक देशका अन्य स्थानहरूबाट पनि नेपाली साहित्यको प्रतिनिधित्व भइरहेको पाइन्छ। यसै प्रसङ्गमा भारतीय नेपाली नाटक साहित्यमा मनबहादुर मुखिया एउटा प्रतिष्ठित नाम हो। मनबहादुर मुखियाले नाटक विधामा एउटा भरपर्दो अध्याय प्रदान गरेका छन्। सन् १९७५ सालमा दार्जिलिङको श्याम ब्रदर्स प्रकाशनबाट प्रकाशित भएको उनको दोस्रो पूर्णङ्की नाटक फेरि इतिहास दोहोरिन्छ' लाई यस अध्ययनअन्तर्गत राखेर अन्तर्विषयक समालोचना बनाई हेरिने प्रयास गरिन्छ। यस अध्ययन पत्रमा यस नाटकभित्र देख्न सकिएका समाज राजनैतिक विविध विचारहरू एवम् वस्तुस्थितिहरूलाई समालोचनाका माध्यमद्वारा देखाउने प्रचेष्टा गरिएको छ।