Lakshmiprasad debkotako sirjana hetu लक्ष्मीप्रसाद देवकोटाका सिर्जना हेतु

DOI

Access Status

Thumbnail Image

Type

Article

Date

2023

Journal Title

Abhigyan : Shodhmulak Ardhvarshik

Journal Editor

Parajuli पराजुली, Pushkar पुष्कर
Magar मगर, Krishnamaya कृष्णमाया

Journal ISSN

Volume Title

Publisher

University of North Bengal

Statistics

Total views and downloads
Views
55
Downloads
26

Advisor

Editor

Abstract

प्रस्तुत लेख नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको सिर्जना हेतुका कोणबाट गरिने अध्ययनमा केन्द्रित रहेको छ। देवकोटाको सिर्जना हेतु के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ। साहित्यकारले साहित्य सिर्जना गर्नाका कारण नै सिर्जना हेतु हो। सिर्जना हेतुबारे पूर्व र पश्चिममा व्यापक चर्चा भए पनि यस अध्ययनमा पूर्वीय काव्य चिन्तन परम्परामा स्थापित प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई आधार बनाई देवकोटाका सिर्जना सामर्थ्यबारे विमर्श गरिएको छ। देवकोटाको सिर्जना हेतुबारे पूर्वकार्यमा चर्चा भए पनि यसै कोणबाट व्यवस्थित अध्ययनको भने रिक्तता रहेकाले यस अध्ययनको औचित्य देखिएको हो। बहुसत्यमा आधारित गुणात्मक प्रकृतिको यस अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बिचमा समन्वय कायम गरिएको छ। पूर्वीय काव्य चिन्तन परम्परामा स्थापित सिर्जना हेतुका कोणबाट देवकोटामा निहित सिर्जना हेतुबारे अध्ययन गरिएकाले यस अध्ययनमा निगमनात्मक शोध विधिको अवलम्बन गरिएको छ। अध्ययनका लागि आवश्यक समग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ। देवकोटाको सिर्जना हेतुमा प्रतिभा, व्युत्पत्ति र अभ्यास समान रूपमा रहेका र तिनै विशेष गुणका कारण उनी नेपाली साहित्यमा विशिष्ट साहित्यकारका रूपमा स्थापित भएका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ।

Description

Citation

Accession No

Call No

Book Title

Edition

Volume

ISBN No

Volume Number

10

Issue Number

15-16

ISSN No

0976-1640

eISSN No

Pages

Pages

42 - 52

Endorsement

Review

Supplemented By

Referenced By