Browsing by Subject "मनोविश्लेषणात्मक पद्धति Manobisleshanatmak Paddhuti"
Now showing 1 - 1 of 1
- Results Per Page
- Sort Options
Item Open Access शिवकुमार राईको 'पुत्लो' क पाइने बालचरित्रको अध्ययन 'Shivkumar Raiko putlo' ka paine balcharitrako adhyayan(University of North Bengal, 2018) विश्वकर्म Biswakarma, विक्रम Bikramयस लेखमा कथाकार शिवकुमार राईको 'पुत्लो' कथामा प्रयुक्त प्रमुख बालपात्रको चरित्रलाई चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारमा अध्ययन-विश्लेषण गरिएको छ। यस क्रममा पात्र र चरित्रमाझको भिन्नतालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ भने चरित्र विश्लेषणको मनोविश्लेषणात्मक पद्धतिका आधारहरूलाई सविस्तार चिनाउने प्रयास गरिएको छ। यसका निम्ति 'मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान' नामक पुस्तकमा दुर्गाबहादुर घर्ती (वि स २0६७)- ले प्रस्तुत गरेका पात्रविश्लेषणको मनोविश्लेषणात्मक पद्धतिलाई आधारस्वरूप ग्रहण गरिएको छ भने अन्यान्य मनोवैज्ञानिक एवम् विद्वान्, समीक्षकहरूद्वारा प्रतिपादित विचार, विवेचनाहरूको पनि सहयोग लिइएको छ।