Abhigyan : Shodhmulak Ardhvarshik

Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479

‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति pushkarparajuli@nbu.ac.in अनि krishnamayamanger@nbu.ac.in मा सम्पर्क गर्न सकिन्छ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    केही नेपाली कवितामा लेप्चा मिथकको प्रयोग Koi nepali kabitama lepcha mithakko prayog
    (University of North Bengal, 2017) बान्तवा Bantawa, सुमन Suman
    सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ। तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ। यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे-जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ। बीज शब्द : मिथक, पुराकथा, पुराख्यान, आद्यस्वरूप, कविता, लेप्चा, चेक्ता, मायलल्याङ्। सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ । तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ । यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे - जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ ।