Abhigyan : Shodhmulak Ardhvarshik
Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479
‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति pushkarparajuli@nbu.ac.in अनि krishnamayamanger@nbu.ac.in मा सम्पर्क गर्न सकिन्छ।
Browse
Item Open Access Apradh kathaka rupma 'moule saritako hatya gare' kathako bishleshan अपराध कथाका रुपमा 'मैले सरिताको हत्या गरें' कथाको विश्लेषण(University of North Bengal, 2022) Sharma शर्मा, Durgaprasad दुर्गाप्रसादगोविन्दबहादुर मल्ल गोठालेको तेस्रो कथासङ्ग्रह प्रेम र मृत्युमा सङ्ग्रहित मैले सरिताको हत्या गरेँ कथाको अपराध वैज्ञानिक विश्लेषण गर्नु यस शोधपत्रको उद्देश्य हो। चारित्रिक मनोविकारबाट निर्मित पात्रका माध्यमले कथामा जघन्य अपराधका श्रेणीमा राखिने हत्याजस्तो अमानवीय घटना भएको कुरो चित्रण गरिएकाले उपर्युक्त कथालाई अपराध आख्यान भन्न सकिन्छ। कथामा गोठालेले हत्याराको मनोग्रन्थीलाई सफलतापूर्वक केलाएका छन्। गोठालेका अपराध कथाहरु हत्या हिंसापछि जासुसी वा प्रहरी प्रक्रियात्मक तरिकाद्वारा हत्यारा वा हत्याको छानबिन गरिने पाश्चात्य साहित्यका अपराधकथा जस्ता नभएर हत्याराका असामान्य मनोग्रन्थी केलाउने मनोवैज्ञानिक ढाँचाका पाइन्छन्।Item Open Access Bindha Subbakrita 'iswari' kathako balpatrako manobishleshanatmak adhyayan विन्धा सुब्बाकृत ‘ईश्वरी’ कथाकी बालपात्राको मानोबिश्लेषनात्मक अध्ययन(University of North Bengal, 2022) Subba सुब्बा, Komal कोमलप्रस्तुत शोधपत्रमा विन्द्या सुब्बाको ‘ईश्वरी’ कथाकी बाल पात्र ईश्वरीको मनोविश्लेषणात्मक अध्ययन गरिएको छ। बालमनोविज्ञानबारे विभिन्न मनोवैज्ञानिकहरूको अधारणा प्रस्तुत गर्दै कथाकी मुख्य बालिका पात्र ईश्वरीमा निहित संवेगहरूको विश्लेषण गर्ने प्रयास गरिएको छ।Item Open Access Dhrubachandra Goutamko 'taduprant' kathama bakrokti prayogko wishleshan ध्रुवचन्द्र गौतमको 'तदुपरान्त' कथामा वक्रोक्ति प्रयोगको विश्लेषण(University of North Bengal, 2022) Sharma शर्मा, Shibam शिवम्प्रस्तुत लेखमा वक्रोक्तिको अर्थ तथा वक्रोक्तिसम्बन्धी पूर्वीय एवम् पाश्चात्य चिन्तनको परिचय प्रस्तुत गर्दै कुन्तकको वक्रोक्ति सिद्धान्तका आधारमा कथाकार ध्रुवचन्द्र गौतम लिखित ‘तदुपरान्त’ कथाको विश्लेषण गरिएको छ। कथाभित्र वर्ण, पद, वाक्य, प्रकरण अनि प्रबन्धका तहमा देखिएका वक्रोक्तिले कथालाई कसरी कलात्मक, श्रुतिरमणीय, अर्थ गाम्भीर्ययुक्त, व्यङ्यात्मक, माधुर्यपूर्ण र ध्वन्यात्मक वैचित्र्ययुक्त तुल्याएको छ भन्ने विषयबारे यसमा प्रकाश पारिएको छ। यसमा अध्ययनका निम्ति मूलत: कुन्तकको वक्रोक्तिकाव्यजीवितम्मा व्रकोक्तिबारे गरिएको सिद्धान्त कथन अनि भेद निरूपणलाई सैद्धान्तिक एवम् विधिगत आधारका रूपमा ग्रहण गरिएको छ।Item Open Access Garubathan khandka tamang jatima prachlit गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार(University of North Bengal, 2022) Tamang तामाङ, Ashish आशिष- गोरुबथान खण्ड पश्चिम बङ्गाल राज्यको कालेबुङ जिल्लाअन्तर्गत कालेबुङ महकुमामा अवस्थित छ। यो क�Item Open Access 'Kathakarko aankha' katha ko bigha paripati 'कथाकारको आँखा' कथा को बिघा परिपाटी(University of North Bengal, 2022) Patna पत्न, Yogesh योगेशसञ्जय विष्ट भारतीय नेपाली कथाका क्षेत्रमा एकजना स्थापित कथाकार हुन्। शब्दान्त (ई सं १९९३), अस्तचालतिर (ई सं २००७) र जुनजस्तै घाम (ई सं २०१५) उनका प्रकाशित कथा सङ्ग्रह हुन्। उनका कथाहरूको अध्ययन विभिन्न दृष्टिकोणबाट गर्न सकिन्छ। उनका प्रत्येक कथाले नै पाठकलाई विविध प्रकारले प्रभाव पारेको हुन्छ। अर्थात् एउटा पछि अर्को उत्कृष्ट कथा लेख्ने कथाकारहरूमध्ये उनी एकजना हुन्। उनको ‘कथाकारको आँखा’ कथा बेग्लै परिपाटीको देखिन्छ। यो कथा कथा विधाले भन्दै आएको पारम्परिक संरचनालाई चुनौती दिएर निर्माण भएको छ। यस कारण यस शोध पत्रमा उनका धेरैवटा कथाहरूमध्ये ‘कथाकारको आँखा’ कथाको विधा परिपाटी हेर्ने काम गरिएको छ।Item Open Access Krira sahityaka sandarbhma Purna Raiko 'Jay Bijay' katha क्रीडा साहित्यका सन्दर्भमा पूर्ण राईको ‘जय-विजय’ कथा(University of North Bengal, 2023) Sherpa शेर्पा, Sonam सोनाम‘क्रीडा’को शाब्दिक अर्थ खेल हो। यस शब्दलाई संस्कृत भाषाको स्त्रीलिङ्गी शब्द मानिन्छ। एउटा सङ्गठित, प्रतिस्पर्धात्मक तथा प्रशिक्षित शारीरिक गतिविधि जसमा प्रतिबद्धता तथा निष्पक्षता रहन्छ त्यसलाई क्रीडा तथा खेल भनिन्छ। वास्तवमा क्रीडा भन्नाले मन बहलाउनाका निम्ति गरिने क्रिया, खेल आदि भन्ने बुझिन्छ। क्रीडा अथवा खेललाई मानव शरीरको औषधि मानिन्छ। यसले शरीरमा उत्पन्न हुने विभिन्न रोग, विकार, कुभावना, कुविचार आदिको हरण गर्दछ। यसैले क्रीडा साहित्य सम्पूर्ण नेपाली साहित्यमा एउटा नयाँ विषय हो। यसको अवधारणा र सैद्धान्तिक आधार नेपाली साहित्यमा पूर्ण रूपमा स्थापित भइसकेको पाइँदैन। क्रीडा साहित्य भनेको ‘स्पोर्ट्स लिटिरेचर’ होइन। यसले विविध खेलहरूको विवरण प्रस्तुत गर्ने हुनाले ‘गेम लिटरेचर’ भन्न सकिन्छ। कतिपय विद्वान्हरूले क्रीडा साहित्यलाई ‘खेलपरक साहित्य’ पनि भनेका छन्। क्रीडा तथा खेल मनोरञ्जनको विषय मात्र नभएर शिक्षाको विषय पनि हो। यसर्थ प्रस्तुत शोधपत्रमा भारतीय नेपाली कथाकार पूर्ण राईका ‘जय-विजय’ कथाका सन्दर्भमा क्रीडा साहित्यको विश्लेषण गरिएको छ।Item Open Access Lakshmiprasad debkotako sirjana hetu लक्ष्मीप्रसाद देवकोटाका सिर्जना हेतु(University of North Bengal, 2023) Nawpanay न्यौपाने, Sridhar श्रीधरप्रस्तुत लेख नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको सिर्जना हेतुका कोणबाट गरिने अध्ययनमा केन्द्रित रहेको छ। देवकोटाको सिर्जना हेतु के कस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ। साहित्यकारले साहित्य सिर्जना गर्नाका कारण नै सिर्जना हेतु हो। सिर्जना हेतुबारे पूर्व र पश्चिममा व्यापक चर्चा भए पनि यस अध्ययनमा पूर्वीय काव्य चिन्तन परम्परामा स्थापित प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई आधार बनाई देवकोटाका सिर्जना सामर्थ्यबारे विमर्श गरिएको छ। देवकोटाको सिर्जना हेतुबारे पूर्वकार्यमा चर्चा भए पनि यसै कोणबाट व्यवस्थित अध्ययनको भने रिक्तता रहेकाले यस अध्ययनको औचित्य देखिएको हो। बहुसत्यमा आधारित गुणात्मक प्रकृतिको यस अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बिचमा समन्वय कायम गरिएको छ। पूर्वीय काव्य चिन्तन परम्परामा स्थापित सिर्जना हेतुका कोणबाट देवकोटामा निहित सिर्जना हेतुबारे अध्ययन गरिएकाले यस अध्ययनमा निगमनात्मक शोध विधिको अवलम्बन गरिएको छ। अध्ययनका लागि आवश्यक समग्रीको सङ्कलन पुस्तकालयबाट गरिएको छ। देवकोटाको सिर्जना हेतुमा प्रतिभा, व्युत्पत्ति र अभ्यास समान रूपमा रहेका र तिनै विशेष गुणका कारण उनी नेपाली साहित्यमा विशिष्ट साहित्यकारका रूपमा स्थापित भएका छन् भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ।Item Open Access 'Naso' kathama samajik bastabikta ‘नासो’ कथामा सामाजिक बास्तविकता(University of North Bengal, 2022) Khatibda खतिवडा, Bishwaraj विश्वराजप्रस्तुत लेख गुरुप्रसाद मैनालीको ‘नासो’ (वि सं १९९२) कथामा पाइने सामाजिक वास्तविकताको अध्ययनसँग सम्बद्ध छ। सामाजिक वास्तविकता सम्बन्धी दृष्टिकोण फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले प्रतिपादन गरेका हुन्। ‘नासो’ सामाजिक विषयवस्तुमा लेखिएको कथा हुनाले यसलाई दुर्खिमद्वारा प्रतिपादित ‘सामाजिक वास्तविकताको सिद्धान्त’मा आधारित रही अध्ययन गरिएको छ। यस सिद्धान्तअनुसार समाज भौतिक वस्तु हो। यसको निर्माण र सञ्चालनमा धर्म, नैतिकता, आदर्श, मूल्य मान्यता आदि अभौतिक कुराको अहम् भूमिका रहन्छ। उक्त अभौतिक कुरालाई पनि तथ्य र प्रमाणका रूपमा लिन सकिन्छ। त्यसैले नेपथ्यमा रहेर भौतिक समाजलाई सञ्चालन गर्ने धर्म, नैतिकता आदि सामाजिक वस्तु हुन्। ‘नासो’ कथामा तत्कालीन समाजको प्रतिबिम्ब पाइन्छ। यस कथाको समाज धर्म अनि नैतिकताका मूल्य मान्यताअनुसार सञ्चालित परम्परागत प्रकारको छ। कथाका पात्रहरू देवीरमण, सुभद्रा, नौली, लक्ष्मी आदि पनि धर्म अनि नैतिकताकै निर्देशनअनुसार चलेका छन्। अतः प्रस्तुत कथालाई यहाँ ‘सामाजिक वास्तविकताको सिद्धान्त’का आधारमा अध्ययन गरिएको छ। अध्ययनका क्रममा यहाँ व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको अनुसरण गरी तथ्यहरूको खोजी गरिएको छ। यस लेखमा देवीरमणलाई अर्को विवाह गर्न तथा सुभद्रालाई सौता भित्र्याउन बाध्य पार्ने प्रमुख कारक तत्त्व धर्म, नैतिकता, आदर्श र मूल्य मान्यताको सामाजिकता जस्ता कुरा असामाजिक वस्तु नभई अभौतिक सामाजिक वस्तु हुन् भन्ने निष्कर्ष निकालिएको छ।Item Open Access Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना(University of North Bengal, 2022) Tamang तामांग, Bhupen भुपेनबालकथालाई रोचक र आकर्षित बनाउनामा अलौकिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विभिन्न आद्भुतिक घटना, अलौकिक पात्र प्रयोग, पात्रगत विचित्र गुण र व्यवहारको चित्रण आदिका माध्यमले बालकथामा योजनाबद्ध रूपमा अलौकिकताको स्थापन गरिएको हुन्छ जसबाट बालहृदयले मनोरञ्जनसँगै नैतिक ज्ञान पनि प्राप्त गर्दछ। यस लेखमा नेपाली बालकथाहरूमा एउटा प्रवृत्ति विशेषका रूपमा रहेको अलौकिकताको स्थापन के कसरी भएको छ भन्ने कुरालाई विभिन्न आधारहरूबाट अध्ययन गरिएको छ। यस लेखमा विषयसँग सम्बद्ध सामग्री पुस्तकालयीय विधिद्वारा सङ्ग्रह गरी विवरणात्मक पद्धतिद्वारा निष्कर्ष निकाल्ने काम गरिएको छ। वर्णविन्यासका लागि हेमाङराज अधिकारीद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश (वि सं २०६६) अनि पादटिप्पणी र सन्दर्भ सूचीका लागि नेपाली लेखन शैली (ई सं २०११)लाई आधार मानिएको छ।Item Open Access Nepali kabitama khadya sanskritiko rupak नेपाली कवितामा खाद्य संस्कृतिको रूपक(University of North bengal, 2023) Thapa थापा, Basudeb वासुदेवखाद्य मानव जीवनका लागि आधारभूत र अपिहार्य वस्तु हो जसका अभावमा जीवन असम्भव छ। खाद्यको उद्देश्य भोक शान्त गराउनु, स्वाद दिनु अनि पोषण दिनु मात्र नभएर यसले हाम्रा आचार विचार, चिन्तन मनन, स्वभाव, संस्कार, व्यवहार, सभ्यता र संस्कृति पनि निर्माण गरिआएका हुन्छन्। कुनै काँचो खाद्य वस्तुलाई पकवानसम्म रूपान्तरण गर्दा यसले खाद्य संस्कृतिका अन्य अभिव्यक्ति र विकल्प वहन गरिसकेको हुन्छ। यसैले यो खाद्य संस्कृतिको संवाहक पनि हो। खाद्य अध्ययन अनि यसका निर्माण प्रक्रियाको प्रतिनिधित्वसँग यो यति जटिल रूपमा बाँधिएको हुन्छ जसले मानव जातिका लागि पोषण पक्षको अंश मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक अनि धार्मिक रूपमा पनि यसको गहिरो महत्व हुन्छ । साहित्यमा विशेष गरी खाद्यसित काल्पनिकता गाँसिएर आउँदा भाषाका माध्यमद्वारा निर्मित पाठहरूले खाद्यलाई तुरुन्तै सांस्कृतिक पाठको रूपमा अन्तर्ज्ञानुशासनसित पनि जोड्ने आग्रह गर्दछ। यसो हुँदा साहित्यिक पाठमा खाद्यले वैकल्पिक रचनात्मकता, भाषिक र सांस्कृतिक सम्भावनाका अरू रूपकहरू निर्माण गर्दछ। खाद्यको साहित्यिक अभिव्यक्तिले खाना वरपरका अभ्यासहरूको बहुअर्थी सम्भावना र सम्भाव्यताहरू अन्वेषण गर्न प्रशस्त मार्ग प्रदान गर्दछ। खाद्यले लोकाचार कसरी निर्माण गर्दछ अनि यस्ता लोकाचारको प्रकृतिबारे विवेचन गर्न साहित्यले कसरी सहयोग गर्दछ भन्ने कुराको शोध नै यस लेखको लक्ष्य हो। यस शोध लेखमा खाद्य संस्कृतिका माध्यमद्वारा केही नेपाली कवितामा खाद्यका अभिव्यक्तिले निर्माण गरेका रूपकहरू केलाउने प्रयत्न गरिएको छ।Item Open Access Parabastabik samajma prachlit bhasa परावास्तविक समाजमा प्रचलित भाषा(University of North Bengal, 2023) Rai राई, Chandra चन्द्रप्रकाशकम्प्युटर र इन्टरनेटको प्रयोगद्वारा वास्तविकतालाई पर सारिने काम भएको छ जसलाई परावास्तविक भनिन्छ। परावास्तविकता सत्य नै हुन् तर ती प्रत्यक्ष हुँदैनन् वा देखिँदैनन्। आजको संसार परावास्तविक संसारका रूपमा बद्लिँदै गइरहेको देखिन्छ किनभने यहाँ हरेक कार्यको निष्पादन प्रत्यक्षमा भन्दा परोक्षमा अधिक हुने गर्छ। परोक्ष रूपमा गरिने कार्य सहज, सरल, सस्तो र छिटो पनि हुँदछ। यसैले परावास्तविक संसारमा मानिसहरूको भिड बढिरहेको देखिन्छ। परावास्तविक संसारमा प्रवेश गर्ने व्यक्तिहरूको समूहलाई परावास्तविक समुदाय वा परावास्तविक समाज भनिन्छ। ती समुदायका मानिसहरूले त्यहाँ गर्ने हरेक कार्य भाषाका माध्यमबाट सम्पन्न हुन्छ। उनीहरूले प्रस्तुत गर्ने अभिव्यक्ति बोली, लिखित, चित्रित रूपमा र चलचित्रद्वारा प्रकट हुन्छ। त्यसमा पनि अधिकतरले लेख्य भाषाद्वारा विचार प्रकट गर्ने गर्छन् वा एक अर्कामा सम्पर्कित हुन्छन्। परावास्तविक समाजका मानिसहरूले प्रयोग गर्ने लेख्य भाषाका विविध अवस्था र रूपलाई संक्षिप्त रूपमा हेर्ने प्रयास यस लेखमा गरिएको छ। साथै यस लेखमा परावास्तविक समाजले प्रयोग गर्ने भाषाको अध्ययनको लागि फेसबुक, व्हाट्स्एप जस्ता सामाजिक सञ्जालमा प्रयुक्त भाषिक विनिमयलाई सन्दर्भको रूपमा प्रयोग गरिनेछ।Item Open Access Parichay rajniiti ra pratinidhitwa sandarbhama birendraka kehi kavita परिचय राजनीति र प्रतिनिधित्वः सन्दर्भमा वीरेन्द्रका केही कविता(University of North Bengal, 2023) Gurung गुरुङ, Suraj सुरजप्रस्तुत लेखमा परिचय राजनीति र प्रतिनिधित्वका दृष्टिले वीरेन्द्रका केही कविताहरूको अध्ययन गरिएको छ। वीरेन्द्रका कवितामा पाइने विविध पक्षहरूमध्ये परिचय राजनीति एउटा सबल पक्ष हो। यसैका माध्यमद्वारा उनले आफ्ना वैयक्तिक अनुभव र सामूहिक चेतनाका स्वरहरूलाई मूर्त रूप दिएका छन्। उनका कवितामा सीमान्तकृत समूहको आर्तनाद पाइन्छ र त्यही आर्तनाद नै जातीय परिचयलाई प्रतिनिधित्व गर्ने विशेष युक्तिका रूपमा प्रयोग भएको देखिन्छ। उनले राजनीति र संस्कृतिबिचको अवकासबाट जातिले लामो समयदेखि भोग्दै आएका समस्याहरूलाई औँल्याएका छन् तर त्यो औँल्याइ दोषारोपणको राजनीतिदेखि पर सांस्कृतिक अन्तर्ज्ञानमा आधारित छ। अतः प्रस्तुत लेख उनका कवितामा निहित राजनैतिक एवम् सांस्कृतिक परिप्रेक्ष्यहरू केलाउँदै तिनमा परिचयलाई कसरी प्रस्तुत गरिएको छ र तिनको राजनैतिक एवम् सांस्कृतिक प्रतिनिधित्व कसरी भएको छ भन्ने कुराको अध्ययन गर्ने दिशामा उन्मुख रहेको छ।Item Open Access Pradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना(University of North Bengal, 2022) Bishwakarma विश्वकर्मा, Rajib राजीवप्रदीप गुरुङ सामाजिक यथार्थलाई विषय बनाएर कथा लेख्ने प्रभावशाली कथाकार हुन्। उनका कथामा समाजमा घटित विसङ्गतिहरूको कडी समाउन सक्ने आलोचनात्मक सामाजिक यथार्थवादी प्रवृत्ति पाइन्छ। विविध सामाजिक समस्याजस्तै दाम्पत्य सङ्कटको चित्रण गरिएका उनका धेरै कथाहरू पाइन्छन्। यस कारण यस शोध पत्रमा ती कथामा चित्रित दाम्पत्य सङ्कटका विविध रूपको विवेचना गर्ने लक्ष्य राखिएको छ। दाम्पत्य सङ्कटका कारणहरू स्पष्ट पार्न सामाजिक, आर्थिक, नैतिक तथा मनोवैज्ञानिक समस्याका रूपमा सम्बन्धित विषयको अध्ययन गरिएको छ। ‘घरपैँचो’, ‘यथास्थिति’, ‘बदलिँदो रङ् मनको’, ‘विङ्सगति : एउटा क्रमको’, ‘अनास्थाका पलहरू’, ‘बिरिमफूल’, ‘नि नि, लै लै निरमाया’, ‘भ्रमित’, ‘मिल्ने मन’, ‘लाशजस्तो इच्छा’, ‘गुम्फन’, ‘लावारिश उपहार’ जस्ता कथामा पारिवारिक जीवन र नाता सम्बन्धहरूमध्ये दाम्पत्य सङ्कटको चित्रणले के कस्तो दशा र दिशा निर्देश गरेको छ भन्ने कुरो स्पष्ट पार्न यससम्बन्धी विविध पक्षहरूको विश्लेषणात्मक अध्ययन गरिएको छ।Item Open Access Prakash Kobidkrit nayo upanyasma manab basai saraiko sandarbh प्रकाश कोविदकृत ‘नोयो’ उपन्यासमा मानव बसाइँ सराईको सन्दर्भ(University of North Bengal, 2023) Tamang तामाङ, Chatrakumar छत्रकुमारयस शोध पत्रमा प्रकाश कोविद कृत नोयो उपन्यासलाई बसाइँ सराइका सन्दर्भमा अध्ययन गरिएको छ। नोयो उपन्यासमा युद्धलाई विकर्षक तत्त्वका रूपमा देखाइएको छ भने भारतीय भूमिमा रहेका सार्वजनिक शिक्षा, जन स्वास्थ्य, रोजगारको अवसर, राजनैतिक शान्ति जस्ता कुरालाई यसमा आकर्षक तत्त्वका रूपमा देखाइएको छ। यस शोधपत्रमा तिनै आकर्षक र विकर्षक तत्त्वका आधारमा नोयो उपन्यासमा पाइने मानव बसाइँ सराइका घटनाबारे गहन अध्ययन गरिएको छ। युद्धका कारण तिब्बतीहरू आफ्नै राष्ट्रबाट शरणार्थी बनेर कसरी विस्थापित हुनु परेको थियो। त्यसपछिका कारणबारे प्रकाश पार्ने गर्ने प्रयास यसमा गरिएको छ। यसका साथै तिब्बतीहरूले भारतीय भूमिलाई गन्तव्य स्थानका रूपमा रोज्नाका कारण र उद्देश्यबारे पनि प्रकाश पार्ने प्रयास गरिएको छ। चिनियाँ सेनको कुटनीति र युद्धका कारणल विस्थापित भई बसाइँ सर्नु पर्दा उपन्यासका पात्रहरूले भोगेका दु:ख, पीडा तथा सङ्घर्ष आदिको परिचर्चा साथै घर गृहस्थी छोड्दाको मानवीय अनुभूति, अनिश्चित गन्तव्यको लामो यात्रामा भोगेका विघ्न-बाधा आदिबारे पनि यस शोध पत्रमा चर्चा गरिएको छ। यसबाहेक मानव बसाइँ सराइ र बसाइँको सैद्धान्तिक पक्षबारे परिचायत्मक अध्ययन पनि यसमा समाविष्ट छ। तथ्याङ्क विश्लेषणका लागि यस शोध पत्रमा एभरेट एस लीको ‘बसाइँ सराइको सिद्धान्त’लाई मुख्य सिद्धान्तका रूपमा ग्रहण गरिएको छ भने बसाइँ सराइ सम्बन्धी अन्य लेख, सिद्धान्त आदिको पनि सहयोग लिइएको छ।Item Open Access Samkalin bhartiya nepali kabitama samay chetna समकालीन भरतियो नेपाली कवितामा समय चेतना(University of North Bengal, 2022) Sharma शर्मा, Siben सिवेनप्रस्तुत शोध पत्रमा समकालीन भारतीय नेपाली कवितामा पाइने समयचेतनाको अध्ययन गरिएको छ। कवितामा समयचेतना शैली र भाव दुवैमा पाइन्छ। समकालीन भारतीय नेपाली कवितामा समयचेतना कुन रूपमा अर्थात् कसरी प्रकट भएको छ? त्यसैलाई देखाउने प्रयास यहाँ गरिएको छ। यहाँ राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, वासुदेव पुलामी, विचन्द्र, रेमिका थापा, सुधीर छेत्री, वीणा हाङ्गखिम र राजु प्रधान ‘हिमांशु’का कवितामा पाइने समयचेतनाबारे विश्लेषण गरिएको छ। अध्ययन विश्लेषणका निम्ति स्टिफन हकिङ, जेरार्द जेने, इन्द्रबहादुर राई, घनश्याम नेपाल, दिवाकर प्रधान र राजेश जोशीका विचारहरूलाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।Item Open Access Sanskritik samatullyataka ishtile aaj ramita cha upanyasko angresi anubad सांस्कृतिक समतुल्यताका दृष्टिले ‘आज रमिता छ’ उपन्यासको अङ्ग्रेजी अनुवाद(University of North Bengal, 2023) Chettri छेत्री, Birendra वीरेन्द्रअनुवादमा समतुल्यता शब्दको प्रयोग उन्नाईसौँ शताब्दीको साठीको दशकदेखि भएको देखिन्छ। जन पल भिनय र जन दार्वलने (इ सं १९५८), रोमन याकोव्सन (इ सं १९५९), जे सी क्याटफर्ड (इ सं १९६५), युजिन नाइडा र चाल्स आर टेबर (इ सं १९६९), वर्नर कोलर (इ सं १९७९), जुलिया हाउस (इ सं १९९७), पिटर न्युमार्क (इ सं १९८१), मोना बेकर (इ सं१९९२), एन्थोनी प्याम् (इ सं२०१०) आदिले समतुल्यताको अवधारणालाई अघि ल्याउन विशेष योगदान दिएका छन्। विभिन्न अध्येताहरूले विभिन्न प्रकारका समतुल्यताको कुरा गरेको पाइए तापनि मूल रूपमा भाषिक, प्रयुक्तिगत र संरचनात्मक समतुल्यता प्रमुख देखिन्छन्। तर उन्नाइसौँ अस्सीको दशकदेखि भने अनुवादमा संस्कृतिको आगमन आएको देखिन्छ जसलाई अध्येताहरूले ‘कल्चरल टर्न’ भनेको पाइन्छ। विशेष गरी सुसान बास्नेट, आन्द्रे लेफेबर, लरेन्स भेनुती, मेरी स्नेल-हर्नबेप्रभृति अध्येताहरूले अनुवादलाई सांस्कृतिक अनुवाद भनी स्रोत र लक्ष्य संस्कृतिको व्यापकतामा अनुवादलाई हेर्ने अन्तर्दृष्टि विकसित गरेको पाइन्छ। ट्रान्सलेसन स्टडिज (इ सं २००२), ट्रान्सलेसन, हिस्ट्री एन्ड कल्चर (इ सं १९९२), कन्स्ट्रक्टिङ कल्चर (इ सं १९९८), पोस्ट कोलोनियल ट्रान्सलेसन : थियरी एन्ड प्राक्टिस (इ सं १९९९) जस्ता अनुवादसम्बन्धी पछिल्ला समयका सैद्धान्तिक पुस्तकहरूमा अनुवादलाई सांस्कृतिक अनुवादका रूपमा उभ्याइएको पाइन्छ। साहित्यिक अनुवादमा अन्तरसांस्कृतिक व्यवधान जहिले पनि रहन्छ। यसको सही व्यवस्थापन र विश्लेषण हुनु आवश्यक देखिन्छ। भाषाको कुरा गर्नु भनेको संस्कृतिको कुरा गर्नु हो। अत: प्रस्तुत कार्यपत्रमा अनुवादमा देखा पर्ने सांस्कृतिक समतुल्यतालाई विषयका रूपमा ग्रहण गरिएको छ। यसका लागि माथि उल्लेखित सैद्धान्तिक कृतिहरूलाई विश्लेषणको मूल आधार बनाइएको छ भने इन्द्रबहादुर राईकृत आज रमिता छ उपन्यासको अङ्ग्रेजी अनुवाद देअर् इज् अ कार्निवल टुडेलाई अनूदित पाठका रूपमा ग्रहण गरिएको छ। संस्कृतिका घटकमध्ये सम्बन्धित भूगोलको अर्थतन्त्र, राजनीति, विचारधारा, विश्वास, रीतिथिति, बोलीचाली, शिल्प आदि सबै पर्दछन्। यस दृष्टिकोणबाट हेर्दा आज रमिता छ उपन्यासले तत्कालीन दार्जिलिङे नेपाली समाजको दह्रो प्रतिनिधित्व गरेको पाइन्छ। आख्यानमा उसै पनि समाज-सांस्कृतिक पक्ष प्रबल रूपमा आएको हुन्छ। मञ्जुश्री थापाले यस उपन्यासलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेकी छन्। यद्यपि यस अनूदित पाठमा अन्तरसांस्कृतिक व्यवधानलाई कसरी सम्प्रेषणीय बनाइएको छ भन्ने कुरा अध्ययनको विषय हो। यही विषयलाई यहाँ समस्याका रूपमा राखिएको छ भने विश्लेषणका लागि तुलनात्मक पद्धति अवलम्वन गरिएको छ। नेपाली र अङ्ग्रेजी पाठको तुलना गरी संस्कृतिजन्य शब्दावलीहरूको विश्लेषण गरी निष्कर्षमा पुग्ने लक्ष्य यस शोधपत्रमा राखिएको छ।Item Open Access Sanskritiko byaharthkata संस्कृतिको बह्वर्थकता(University of North Bengal, 2023) Subba सुब्बा, Maherman मेहेरमानयस शोध पत्रमा संस्कृतिको बह्वर्थकता केलाउने प्रयास गरिएको छ। परम्परागत रूपमा संस्कृतिले कुनै जाति वा राष्ट्रमा प्रचलित संस्कार, रीतिरिवाज, आचारविचार, कला कौशल, धर्म, विश्वास, साहित्य अनि कुनै वस्तुलार्इ परिष्कृत रूप दिने काम आदि बुझाउँछ। अर्थात् परम्परागत अर्थमा संस्कृति भन्नाले कुनै जाति तथा राष्ट्रमा प्रचलित संस्कार, सामाजिक जीवन, रीतिरिवाज, आचारव्यवहार, कला, धर्म, इतिहास, आस्था–विश्वास, साहित्य, दर्शन, भाषा, मूल्य, परम्परा, सङ्गीत आदिको समष्टिगत रूप भन्ने बुझिन्छ। तर संस्कृतिको बह्वर्थ र विविध रूप रहेको पाइन्छ। संस्कृति शब्दको अर्थमा मात्र विविधता नरहेर यो विवादास्पद पनि रहेको छ। संस्कृति सम्बन्धित यस्तै कुराहरूको विवेचना गर्ने प्रयास यस लेखमा गरिएको छ। विशेष गरेर परम्परागत अर्थमा संस्कृति, लोक संस्कृति, लोकप्रिय संस्कृति, सांस्कृतिक अध्ययनका दृष्टिमा संस्कृति आदिको विश्लेषण गरिएको छ। यो शोध पत्र तयार पार्नाका निम्ति संस्कृति सम्बन्धित विभिन्न विद्वान्हरूका धारणा ग्रहण गरी विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ।Item Open Access Shabdarth sambandh शब्दार्थ सम्बन्ध(University of North Bengal, 2022) Bisht बिष्ट, Sanjay सञ्जययस लेखमा ‘शब्द’को अर्थ, ‘अर्थ’को ‘अर्थ’, शब्द र पदमाझको भिन्नता, शब्द र अर्थमाझको सम्बन्ध आदि बारे चर्चा गरिएको छ। पूर्वीय मीमांसा दार्शनिक अनि वैयाकरणहरूले यस सन्दर्भमा व्यापक विस्तृत चर्चा गरेका छन्। यहाँ तिनीहरूकै वैज्ञानिक र विद्वत् भनाइका आधारमा शब्द र अर्थको नित्यानित्य सम्बन्धबारे चर्चा गरिएको छ। यस सन्दर्भमा मुख्यतः वाक्यपदीयकार भर्तृहरि, महाभाष्यकार पतञ्जलि, सूत्रकार पाणिनि अनि अन्विताहितानवादी र अभिहितान्वयवादी मीमांसा दार्शनिकहरूका मतलाई आधार स्वरूप ग्रहण गरिएको छ। व्यवहारमा अर्थ प्रतीति कसरी हुन्छ? अर्थ भन्ने कुरो शब्दको लाग्दछ कि वाक्यको? शाब्दिक अर्थ र पदीय अर्थ एउटै हुन् कि बेग्ला बेग्लै? शब्द एकार्थक हुन्छ? अथवा शब्दको अर्थ निर्दिष्ट हुन्छ? यदि एकार्थक मानिएकै शब्दको अर्थ पनि निर्दिष्ट हुँदैन भने यस्ता र अनेकार्थक शब्दको अर्थ निर्णयका उपायहरू के के हुन सक्छन् भन्ने कुराबारे यस लेखमा चर्चा गरिएको छ। यीबाहेक ‘सङ्केतग्रह’ भनेको के हो? र व्यवहारमा सङ्केतग्रहको प्रक्रिया कस्तो हुन्छ? भन्ने विषयमा पनि यस लेखमा सामान्य चर्चा गरिएको छ।Item Open Access अन्य गद्य विधा र यात्रा साहित्य Annya gadya bigha ra yatra sahitya(University of North Bengal, 2019) तिवारी Tiwari, दीपक Dipakसिर्जनात्मक साहित्य लेखनमा कविता, आख्यान, नाटक र निबन्ध गरी चारवटा मूल विधा रहेको मानिन्छ। यात्रा साहित्य निबन्धइतर अन्य विधाअन्तर्गत मूलतः गद्यात्मक ढाँचामा सिर्जना हुने लेखन रहेको देखिन्छ भने यो अनाख्यानमूलक गद्यअन्तर्गतका निबन्ध-प्रबन्ध, आत्मकथा, जीवनी, संस्मरण, दैनिकी, पत्र साहित्य, शब्दचित्र, रिपोतार्ज र अन्तर्वार्ताजस्ता लेखनको समकक्षी रहेको देखिन्छ। अनाख्यानमूलक गद्यलाई अन्य विधा पनि भन्ने गरिएको छ जुन प्रधानतः जीवन भोगाइको यथातथ्यमूलक वर्णनमा आधारित हुन्छ र न्यून काल्पनिक हुन्छ जसको मूल स्वरूप गद्यात्मक र अनाख्यात्मक हुन्छ। यात्रा साहित्य शब्दले यात्रागत यथार्थानुभूतिमा संसर्गित गद्य वा पद्य कुनै पनि रूपमा लेखिएको साहित्य बुझिए तापनि लेखनगत आधिक्य र सर्वाधिक स्वीकृत मान्यताका आधारमा यो गद्यमै लेखिएको हुनुपर्छ भन्ने बुझिन्छ। यात्रा साहित्य र अन्य आख्यानेतर गद्य लेखनमाझ विभाजक तत्त्वका रूपमा सञ्चरणशीलता, सवेदनशीलता, निजात्मकता, तथ्यात्मकता र स्थानीयता जस्ता पक्षहरूले ठुलो भूमिका खेलेको हुन्छ। त्यसैले यात्रा साहित्य आफ्नो छुट्दै विशेषता, स्वरूप र पहिचान बोकेको आख्यानरहित गद्यमूलक साहित्यिक विधा रहेको देखिन्छ जसले एउटा साहित्यिक विधाले वहन गर्न सबै मानदण्ड पुरा गरेको देखिन्छ।Item Open Access आधुनिकतावादी कविताका प्रविधि Adhuniktabadi kabitaka prabidhi(University of North Bengal, 2019) पोखरेल Pokhrel, माधवप्रसाद Madhabprasadबीसौँ शताब्दीको दोस्रो दशकमा अङ्ग्रेजी साहित्यमा टी ई ह्युम, टी एस इलियट, एज्रा पाउन्ड र जोन क्रोर्यान्समजस्ता कवि समालोचकहरूले अभ्यास र प्रचार गरेको आधुनिकतावादी' (मोडर्निस्ट) कविता आधारभूत रूपमा उन्नाइसौँ शताब्दीका फ्रान्सका आधुनिकतावादी कवि बोद्लेयर (१८५७ इ) ले सुरु गरेका हुन्। नेपाली साहित्यमा पनि काठमाडौँबाट प्रकाशित रूपरेखा (वि सं २00९) पत्रिकामा देखापर्ने मोहन कोइरालाको घाइते युग' (वि सं २0१७) कविता र दार्जिलिङबाट प्रकाशित तेस्रो आयाम (२0२0) पत्रिकामा देखापर्ने वैरागी काइँलाको मातेको मान्छेको भाषण' (२0२0) र इश्वरवल्लभहरूका कविता अनि इन्द्र बहादुर राईका गद्यमा न्वारन गरिएको आयामेली कवितामा अभिव्यक्त कवितालाई आधुनिकतावादी कविता मानिन्छ। बेलाइत र अमेरिकाका आधुनिकतावादी कविहरू छन्दमै मात्र कविता लेख्थे र गद्य कविताको विरोध गर्थे तर नेपाली साहित्यका आधुनिकतावादी कविहरू चाहिँ गद्य कविता मात्र लेख्ने भएकाले नेपाली साहित्यका पाठकलाई आधुनिकतावादी कविता गद्यमै लेख्नु पर्ने रहेछ भन्ने भ्रम भए पनि उनीहरूका मूल प्रेरणा स्रोत टी एस इलियट नै हुन्। नेपाली साहित्यका यी आयामेली , बिम्ब वादी, आधुनिकतावादी र प्रयोगवादी' छाप लागेका कविहरूका कविता धेरैजसो पाठकले बुझ्नै नसक्ने अप्ठ्यारा ठहस्याए झैँ उनीहरूको मूल प्रेरणा भूमि बेलाइतका आधुनिकतावादी कविताहरू पनि पाठकहरूले फलामचिउरे नै ठहन्याएका थिए। त्यसैले त्यो कविताको युग उमेर नपुगी छिप्पियो र सिद्धियो। यस लेखमा आधुनिकतावादी कविता किन फलामचिउरे भयो ? भन्ने बारे लेखाजोखा गरिएको छ। प्रयोगवाद, बिम्बवाद् र विद्रोह नै आधुनिकतावादी कविताको मूल बेहोरा पनि हो अनि क्लिष्टता र अल्पायुको कारण पनि हो भन्ने तर्क यसमा गरिएको छ।
- «
- 1 (current)
- 2
- 3
- »