Abhigyan : Shodhmulak Ardhvarshik

Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479

‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति pushkarparajuli@nbu.ac.in अनि krishnamayamanger@nbu.ac.in मा सम्पर्क गर्न सकिन्छ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    Parichay rajniiti ra pratinidhitwa sandarbhama birendraka kehi kavita परिचय राजनीति र प्रतिनिधित्वः सन्दर्भमा वीरेन्द्रका केही कविता
    (University of North Bengal, 2023) Gurung गुरुङ, Suraj सुरज
    प्रस्तुत लेखमा परिचय राजनीति र प्रतिनिधित्वका दृष्टिले वीरेन्द्रका केही कविताहरूको अध्ययन गरिएको छ। वीरेन्द्रका कवितामा पाइने विविध पक्षहरूमध्ये परिचय राजनीति एउटा सबल पक्ष हो। यसैका माध्यमद्वारा उनले आफ्ना वैयक्तिक अनुभव र सामूहिक चेतनाका स्वरहरूलाई मूर्त रूप दिएका छन्। उनका कवितामा सीमान्तकृत समूहको आर्तनाद पाइन्छ र त्यही आर्तनाद नै जातीय परिचयलाई प्रतिनिधित्व गर्ने विशेष युक्तिका रूपमा प्रयोग भएको देखिन्छ। उनले राजनीति र संस्कृतिबिचको अवकासबाट जातिले लामो समयदेखि भोग्दै आएका समस्याहरूलाई औँल्याएका छन् तर त्यो औँल्याइ दोषारोपणको राजनीतिदेखि पर सांस्कृतिक अन्तर्ज्ञानमा आधारित छ। अतः प्रस्तुत लेख उनका कवितामा निहित राजनैतिक एवम् सांस्कृतिक परिप्रेक्ष्यहरू केलाउँदै तिनमा परिचयलाई कसरी प्रस्तुत गरिएको छ र तिनको राजनैतिक एवम् सांस्कृतिक प्रतिनिधित्व कसरी भएको छ भन्ने कुराको अध्ययन गर्ने दिशामा उन्मुख रहेको छ।