Abhigyan : Shodhmulak Ardhvarshik

Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479

‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति pushkarparajuli@nbu.ac.in अनि krishnamayamanger@nbu.ac.in मा सम्पर्क गर्न सकिन्छ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना
    (University of North Bengal, 2022) Tamang तामांग, Bhupen भुपेन
    बालकथालाई रोचक र आकर्षित बनाउनामा अलौकिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विभिन्न आद्‌भुतिक घटना, अलौकिक पात्र प्रयोग, पात्रगत विचित्र गुण र व्यवहारको चित्रण आदिका माध्यमले बालकथामा योजनाबद्ध रूपमा अलौकिकताको स्थापन गरिएको हुन्छ जसबाट बालहृदयले मनोरञ्जनसँगै नैतिक ज्ञान पनि प्राप्त गर्दछ। यस लेखमा नेपाली बालकथाहरूमा एउटा प्रवृत्ति विशेषका रूपमा रहेको अलौकिकताको स्थापन के कसरी भएको छ भन्ने कुरालाई विभिन्न आधारहरूबाट अध्ययन गरिएको छ। यस लेखमा विषयसँग सम्बद्ध सामग्री पुस्तकालयीय विधिद्वारा सङ्ग्रह गरी विवरणात्मक पद्धतिद्वारा निष्कर्ष निकाल्ने काम गरिएको छ। वर्णविन्यासका लागि हेमाङराज अधिकारीद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश (वि सं २०६६) अनि पादटिप्पणी र सन्दर्भ सूचीका लागि नेपाली लेखन शैली (ई सं २०११)लाई आधार मानिएको छ।