Abhigyan : Shodhmulak Ardhvarshik

Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479

‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति pushkarparajuli@nbu.ac.in अनि krishnamayamanger@nbu.ac.in मा सम्पर्क गर्न सकिन्छ।

Browse

Search Results

Now showing 1 - 2 of 2
  • Thumbnail Image
    ItemOpen Access
    आधुनिकतावादी कविताका प्रविधि Adhuniktabadi kabitaka prabidhi
    (University of North Bengal, 2019) पोखरेल Pokhrel, माधवप्रसाद Madhabprasad
    बीसौँ शताब्दीको दोस्रो दशकमा अङ्ग्रेजी साहित्यमा टी ई ह्युम, टी एस इलियट, एज्रा पाउन्ड र जोन क्रोर्यान्समजस्ता कवि समालोचकहरूले अभ्यास र प्रचार गरेको आधुनिकतावादी' (मोडर्निस्ट) कविता आधारभूत रूपमा उन्नाइसौँ शताब्दीका फ्रान्सका आधुनिकतावादी कवि बोद्लेयर (१८५७ इ) ले सुरु गरेका हुन्‌। नेपाली साहित्यमा पनि काठमाडौँबाट प्रकाशित रूपरेखा (वि सं २00९) पत्रिकामा देखापर्ने मोहन कोइरालाको घाइते युग' (वि सं २0१७) कविता र दार्जिलिङबाट प्रकाशित तेस्रो आयाम (२0२0) पत्रिकामा देखापर्ने वैरागी काइँलाको मातेको मान्छेको भाषण' (२0२0) र इश्वरवल्लभहरूका कविता अनि इन्द्र बहादुर राईका गद्यमा न्वारन गरिएको आयामेली कवितामा अभिव्यक्त कवितालाई आधुनिकतावादी कविता मानिन्छ। बेलाइत र अमेरिकाका आधुनिकतावादी कविहरू छन्दमै मात्र कविता लेख्थे र गद्य कविताको विरोध गर्थे तर नेपाली साहित्यका आधुनिकतावादी कविहरू चाहिँ गद्य कविता मात्र लेख्ने भएकाले नेपाली साहित्यका पाठकलाई आधुनिकतावादी कविता गद्यमै लेख्नु पर्ने रहेछ भन्ने भ्रम भए पनि उनीहरूका मूल प्रेरणा स्रोत टी एस इलियट नै हुन्‌। नेपाली साहित्यका यी आयामेली , बिम्ब वादी, आधुनिकतावादी र प्रयोगवादी' छाप लागेका कविहरूका कविता धेरैजसो पाठकले बुझ्नै नसक्ने अप्ठ्यारा ठहस्याए झैँ उनीहरूको मूल प्रेरणा भूमि बेलाइतका आधुनिकतावादी कविताहरू पनि पाठकहरूले फलामचिउरे नै ठहन्याएका थिए। त्यसैले त्यो कविताको युग उमेर नपुगी छिप्पियो र सिद्धियो। यस लेखमा आधुनिकतावादी कविता किन फलामचिउरे भयो ? भन्ने बारे लेखाजोखा गरिएको छ। प्रयोगवाद, बिम्बवाद्‌ र विद्रोह नै आधुनिकतावादी कविताको मूल बेहोरा पनि हो अनि क्लिष्टता र अल्पायुको कारण पनि हो भन्ने तर्क यसमा गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    केही नेपाली कवितामा लेप्चा मिथकको प्रयोग Koi nepali kabitama lepcha mithakko prayog
    (University of North Bengal, 2017) बान्तवा Bantawa, सुमन Suman
    सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ। तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ। यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे-जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ। बीज शब्द : मिथक, पुराकथा, पुराख्यान, आद्यस्वरूप, कविता, लेप्चा, चेक्ता, मायलल्याङ्। सार नेपाली कवितामा मिथकको प्रयोग नितान्त नौलो विषय होइन । साहित्यका अन्य विधामा हेरी कविताका क्षेत्रमा यसको प्रयोग प्रारम्भिक कालदेखि अद्यावधि पनि हुँदै आइरहेको छ । तर प्रयोगवादी लेखन सँगसँगै सुरु भएको इतर नेपाली मिथकहरूको प्रयोगको आधिक्यले गर्दा एकातिर कविता दुर्बोध्य बन्दै गइरहेको छ भने अर्कातिर स्थानीय क्षेत्रमा भएका कतिपय मिथकहरू सङ्कटापन्न बन्दै जान लागिरहेको छ । यसो हुँदा विगत केही समयदेखि नेपाली कविता साथै साहित्यका अन्यान्य विधाहरूमा पनि स्थानीय मिथकको प्रयोगतर्फ सचेतता बढ्दै गएको देखिन्छ । यसको एउटा दृष्टान्त हो नेपाली कवितामा देखिएको लेप्चा मिथकको प्रयोग । तथापि यस प्रकारको मिथक प्रयोग गर्ने दिसामा भने सबै कविहरू सक्रिय देखिँदैनन् । तर हालसम्म जे - जति कविहरूले यसतर्फ आफ्नो योगदान दिँदै आइरहेका छन् त्यसैको अध्ययन प्रस्तुत शोध रचनाको मुख्य विषय रहेको छ ।