दार्जिलिङका आधुनिक नेपाली कथामा हास्यतत्त्वको प्रयोग Darjeelingka adhunik nepali kathama hasyatatwako prayog
DOI
Access Status
This content is available to Open Access.
To download content simply use the links provided under the Files section.
More information about licence and terms of use for this content is available in the Rights section.
Type
Article
Date
2019-12
Journal Title
Abhigyan : Shodhmulak Ardhvarshik
Journal Editor
Parajuli, Pushkar
Journal ISSN
Volume Title
Publisher
University of North Bengal
Statistics
Total views and downloads
Views
56Downloads
92Authors
गुरुङ Gurung, सुनिला Sunila
Advisor
Editor
Abstract
कथामा प्रयुक्त हास्यतत्त्वले हँसाई हँसाई व्यक्ति विशेषको अथवा समाजको विसङ्गतिप्रति
व्यङ्ग्य गर्दछ। हास्यबाट आनन्द अनुभूति हुने हुँदा यसलाई रसका रूपमा हेरिएको छ। मानिसका विभिन्न
प्रवृत्तिहरूमा हाँस्नु पनि एउटा मुख्य प्रवृति हो। मनोवैज्ञानिकहरूले हास्यलाई मान्छेको सहजात प्रवृति
मानेका छन्। आचार्य भरतको मतअनुसार हास्य एउटा मुख्य रस हो र यसको उद्रेक हास नामक
स्थायीभावको उद्दीपनद्वारा हुन्छ। शारीरिक, मानसिक भङ्गी र भाषाको विकृति वा विसङ्गतिबाट हास्यरस
उत्पन्न हुँदछ। हास्य हाँसोसँग मात्र सम्बन्धित नभई हँसाउदै गरिने छेडपेच, घोचपेच- जस्ता व्यङ्ग्यसित
पनि सम्बन्धित रहेको हुन्छ। व्यङ्ग्यबिनाको हास्यले पनि मानिसलाई आनन्द र मनोरञ्जन प्रदान गर्न
साधन बनी साहित्यमा आफ्नै स्थान बनाएको पाइन्छ। दार्जिलिङको नेपाली साहित्यमा हास्यतत्त्वलाई
आत्मसात गरी साहित्य सिर्जना गर्ने कथाकारहरू थुप्रै छन्। हास्यलाई विशेष जोड दिई लेखिएका
मुख्यमुख्य कथाहरूको अन्वेषण गर्नु यस अध्ययनको लक्ष्य रहेको छ। यस लेखमा हास्यको सिद्धान्त
प्रस्तुत गरी तथ्यलाई सिद्धान्तका आलोकमा हेर्ने काम गरिएको छ। कथाभित्रका हास्यतत्त्वले पाठकलाई
मनोरञ्जन प्रदान गर्दछ भने हास्यसँगै मुछिएको व्यङ्ग्यले व्यक्ति, समाज, राष्ट्र आदि क्षेत्रमा रहेको
विकृतिलाई पाठकसमक्ष ल्याई सुधारको सन्देश पनि दिन्छ। कथामा प्रयुक्त हास्यमा रहेका यिनै
आधारभूत तत्त्वको अध्ययन गर्नु प्रस्तुत शोधपत्रको उद्देश्य रहेको छ।
Description
Citation
Accession No
Call No
Book Title
Edition
Volume
ISBN No
Volume Number
8
Issue Number
11
ISSN No
0976-1640
eISSN No
Pages
Pages
83 - 93