दार्जिलिङका आधुनिक नेपाली कथामा हास्यतत्त्वको प्रयोग Darjeelingka adhunik nepali kathama hasyatatwako prayog

dc.contributor.authorगुरुङ Gurung, सुनिला Sunila
dc.date.accessioned2022-07-06T11:43:03Z
dc.date.available2022-07-06T11:43:03Z
dc.date.issued2019-12
dc.description.abstractकथामा प्रयुक्त हास्यतत्त्वले हँसाई हँसाई व्यक्ति विशेषको अथवा समाजको विसङ्गतिप्रति व्यङ्ग्य गर्दछ। हास्यबाट आनन्द अनुभूति हुने हुँदा यसलाई रसका रूपमा हेरिएको छ। मानिसका विभिन्न प्रवृत्तिहरूमा हाँस्नु पनि एउटा मुख्य प्रवृति हो। मनोवैज्ञानिकहरूले हास्यलाई मान्छेको सहजात प्रवृति मानेका छन्‌। आचार्य भरतको मतअनुसार हास्य एउटा मुख्य रस हो र यसको उद्रेक हास नामक स्थायीभावको उद्दीपनद्वारा हुन्छ। शारीरिक, मानसिक भङ्गी र भाषाको विकृति वा विसङ्गतिबाट हास्यरस उत्पन्न हुँदछ। हास्य हाँसोसँग मात्र सम्बन्धित नभई हँसाउदै गरिने छेडपेच, घोचपेच- जस्ता व्यङ्ग्यसित पनि सम्बन्धित रहेको हुन्छ। व्यङ्ग्यबिनाको हास्यले पनि मानिसलाई आनन्द र मनोरञ्जन प्रदान गर्न साधन बनी साहित्यमा आफ्नै स्थान बनाएको पाइन्छ। दार्जिलिङको नेपाली साहित्यमा हास्यतत्त्वलाई आत्मसात गरी साहित्य सिर्जना गर्ने कथाकारहरू थुप्रै छन्‌। हास्यलाई विशेष जोड दिई लेखिएका मुख्यमुख्य कथाहरूको अन्वेषण गर्नु यस अध्ययनको लक्ष्य रहेको छ। यस लेखमा हास्यको सिद्धान्त प्रस्तुत गरी तथ्यलाई सिद्धान्तका आलोकमा हेर्ने काम गरिएको छ। कथाभित्रका हास्यतत्त्वले पाठकलाई मनोरञ्जन प्रदान गर्दछ भने हास्यसँगै मुछिएको व्यङ्ग्यले व्यक्ति, समाज, राष्ट्र आदि क्षेत्रमा रहेको विकृतिलाई पाठकसमक्ष ल्याई सुधारको सन्देश पनि दिन्छ। कथामा प्रयुक्त हास्यमा रहेका यिनै आधारभूत तत्त्वको अध्ययन गर्नु प्रस्तुत शोधपत्रको उद्देश्य रहेको छ।en_US
dc.identifier.issn0976-1640
dc.identifier.urihttps://ir.nbu.ac.in/handle/123456789/4593
dc.language.isoneen_US
dc.publisherUniversity of North Bengalen_US
dc.subjectहास्य Hasyaen_US
dc.subjectरस Rasen_US
dc.subjectउपहास Uphasen_US
dc.subjectमनोरञ्जन Manoranjanen_US
dc.subjectगुण Gunen_US
dc.subjectरसानुभूति Rasanubhutien_US
dc.titleदार्जिलिङका आधुनिक नेपाली कथामा हास्यतत्त्वको प्रयोग Darjeelingka adhunik nepali kathama hasyatatwako prayogen_US
dc.title.alternativeAbhigyan : Shodhmulak Ardhvarshik, Vol. 8, No. 11, December-2019, pp. 83-93en_US
dc.typeArticleen_US
periodical.editorParajuli, Pushkar
periodical.issueNumber11
periodical.nameAbhigyan : Shodhmulak Ardhvarshik
periodical.pageEnd93
periodical.pageStart83
periodical.volumeNumber8

Files

Original bundle

Now showing 1 - 1 of 1
Thumbnail Image
Name:
Abhijnan_December _2019_06.pdf
Size:
66.2 KB
Format:
Adobe Portable Document Format
Description:
Darjeelingka adhunik nepali kathama hasyatatwako prayog

License bundle

Now showing 1 - 1 of 1
No Thumbnail Available
Name:
license.txt
Size:
1.54 KB
Format:
Item-specific license agreed upon to submission
Description: