Abhigyan : Shodhmulak Ardhvarshik

Permanent URI for this communityhttps://ir.nbu.ac.in/handle/123456789/4479

‘अभिज्ञान’ विद्वत् समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) हो। अर्द्धवार्षिक रूपमा छापिने यस शोध पत्रिकाका प्रकाशक उत्तर बङ्ग विश्वविद्यालयका कुल सचिव हुन्। इ सं २०१२ देखि यसको प्रकाशन उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागबाट विभागीय शोध पत्रिकाका रूपमा निरन्तर भइरहेको छ। यसमा भाषा, साहित्य अनि संस्कृति विषयक नेपाली भाषामा लेखिएका प्राज्ञिक शोध, समीक्षा एवम् चिन्तनमूलक मौलिक लेखहरू प्रकाशित गरिन्छन्। नेपाली भाषी अध्येता तथा शोधकर्ताहरूका लागि सम्बन्धित विषयको पाठ एवम् शोध सामग्री उपलब्ध गराउनु यसको मुख्य लक्ष्य हो भने प्राज्ञिक वा प्राज्ञेतर शोधकर्ताहरूद्वारा सम्पन्न गरिएका शोध कार्यहरूको निष्कर्ष वा प्राप्तिलाई प्रकाशनको मञ्च प्रदान गर्नु यसको अर्को लक्ष्य रहेको छ। यसमा छापिएका शोधपत्रहरूको चयन सम्बन्धित विषयका विशेषज्ञको परामर्श लिएर मात्र गरिन्छ। हालमा यस शोध पत्रिकाका प्रमुख सम्पादक नेपाली विभागका सह प्राध्यापक डा पुष्कर पराजुली छन् भने उप प्राध्यापक श्रीमती कृष्णमाया मगर यसको सह सम्पादक रहेकी छन्। पत्रिकामा शोध पत्र प्रकाशन गर्नाका निम्ति pushkarparajuli@nbu.ac.in अनि krishnamayamanger@nbu.ac.in मा सम्पर्क गर्न सकिन्छ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    "विपना कतिपय" का कथाहरूमा पाइने लोकतत्त्व "Bipna katipay" ka kathaharuma paine loktatwa
    (University of North Bengal, 2019) सापकोटा Sapkota, कृष्णकुमार Krishnakumar
    प्रस्तुत लेखमा इन्द्रबहादुर राईको पहिलो कथासङ्ग्रह विपना कतिपयका केही कथाहरूमा पाइने लोकतात्विक सन्दर्भहरूको अध्ययन गरिएको छ। लोककवार्ताले मानिसको सम्पूर्ण ज्ञानलाई समेटेको पाइन्छ। लोकवार्ता एउटा व्यापक क्षेत्र भएकाले यसका विभिन्न सङ्घटक तत्त्वहरू हुन्छन्‌ जसलाई निश्चित सङ्ख्यामा विभाजन गर्न सकिँदैन। तसर्थ यहाँ लोकविश्वास, लोककौशल, लोक प्रचलन र न्याय प्रणाली, उखान अनि वाग्धारा तथा लोकबोलीजस्ता लोकतत्त्वहरूको मात्र अध्ययन विश्लेषण गरिएको छ। यसका साथै इन्द्रबहादुर राईको विपना कतिपय कथासङ्ग्रहका कथाहरू लोकतत्त्व प्रयोगका दृष्टिले कति सफल छन्‌ भन्ने अध्ययन गर्दै राइलाई लोकताच्विक सन्दर्भहरू प्रयोग गरी कथा लेख्ने सशक्त कथाकारका रूपमा चिनाउने प्रयास गरिएको छ।